वडा अध्यक्षको आमालाई तेहेरो सुबिधा,स्थानीयले दिए उजुरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

आन्तरीक आय निकै बलियो रहेको मकवानपुरको मनहरी गाउपालिकाको अबैध खर्च सार्वजानीक भएको छ । नदि जन्य पदार्थको उत्खनन् र निकासी बाट करोडौको आय गर्ने गाउँपालिकाले गर्ने फजुल र अबैध खर्चको पहिलो आधार आफ्नी आमालाई दुई थरिका भत्ता दिएसँगै घटना बाहिर आएको हो । पदको अबैध फाईदा उठाउँदै मनहरी गाउपालिका १ का वडा अध्यक्ष शिबप्रसाद खनालले आफ्नी आमा ७२ बर्षिया बेदमाया खनाललाई जेष्ठनागरीक र बिद्यवा भक्ता दिदै अबैध खर्च गरेको खुलेको हो ।

१ नम्बर वडा सहित ३ र ७ नम्बर वडाबाट समेत सिफारीस लिएर तेहेरो सुबिधा लिएको भन्दै मनहरी गाउपालिका र अख्तियारमा स्थानियले प्रमाण सहित उजुरी दिएपछि अबैध कारोवार बाहिर आएको हो । उजुरीमा भनिएको छ ‘७२ बर्षिय बृद्धाले सबै मिलाउन सक्ने क्षमता नरहेपनि अहिले पदको दुरुपयोग गर्दै वडा अध्यक्षले तिनबटै बडाबाट सिफारीस दिउने काम गरेका हुुन् ।’ गैरकानुनि ढंगबाट एकै व्यक्तिलाई फरक फरक शिर्षकमा भक्ता दिनका लागि सहयोग गर्ने १, ३ र ७ नम्बरका वडा अध्यक्ष तथा सचिबलाई कारवाहिको माग गरीएको छ ।

७२ बर्षिय बेदमायाको नागरीकता नम्बर ३२८५ बाट वडा नम्बर १ मा २००४०१११०२१९१ वडा नम्बर ३ मा २००४०११११११००४८४ र ७ मा २००४०१११०२२०९ नम्बरको व्यक्तीगत परिचय पत्र तयार पारी भत्ता लिएको बताइएको छ । उनले मनहरीमा रहेको मुक्तीनाथ बिकास बैक ००००५८०३९१५ बाट २४ हजार र पि ०००५८०३९१३ बाट ८ हजार रुपियाँ बुझेको देखिएको छ । उनको नाममा आर्थिक वर्ष २०७५-७६ को अन्तिम चौमासिक र आर्थिक वर्ष २०७६-७७ को पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षाभत्ता वडा नम्बर १, ३ र ७ बाट भुक्तानी भएको हो ।

फरक-फरक शिर्षकमा एकै व्यक्तिलाई भत्ताबारे वडा अध्यक्ष खनालले अहिले आफुलाई फसाउनका लागि यस्तो गरिएको बताए । उनले भने ‘मेरो कम्जोरी नपाएपछि आमाको नाउमा फसाउन खोजिएको हो ।’ मैले मेरो वडाको सिफारीस गर्ने हो अन्य वडाको सिफारीस गर्ने काम कसरी हुन्छ उनले भने ।

यता वडा नम्बर ७ का अध्यक्ष ठाकुर तितुङले आफ्नो वडा बाट नभई तत्कालिन हाँडिखोला—७ अहिलेको ४ नम्बर वडाबाट सिफारीस भएको हुनसक्ने बताए । वडानम्बर ३ मा नागरीकताको नम्बर मिलेपनि परिचय पत्रको नम्बर भने अन्य वडाको तुलनामा फरक देखिएको छ । खनाल नेपाली काग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
एकै व्यत्तीको खातामा दोश्रो पटक मुक्तानी

गत आर्थिक बर्षको अन्तीम चौमासिक र चालु बर्षको प्रथम चौमासिकको समाजिक सुरक्षा भत्ता तीन वटै वडाबाट एउटै व्यक्तिको खातामा भुक्तानी भएपछि बैंकले पालिकालाई खबर गरेपछि घटना पत्ता लागेको हो ।

बैंकले जानकारी गराएपछि दोस्रो पटक लाभग्राहीको खातामा गएको रकम रोक्का गरेर पालिकाले लाभग्राहीलाई बढी भुक्तानी भएको रकम दाखिला गरेको गाउपालिकाले जनाएको छ । पालिकाबाट पनि कम्जोरी भएको छ, कसैले गलत गन खोजेपनि रोक्नुपर्ने तथ्याङक नहुँदा समस्या भयो । त्यस्तो कार्य सुधार गर्दै अघि बड्ने गाउपालिकाका प्रशासकिय अधिकृत देबराज चौलागाईले बताए ।

भुक्तानीमा समस्या भए पनि समस्या समाधान भइसकेको विषयमा स्थानीय युवाको चासो देखिएपछि मनहरी गाउँपालिकाले ३ सदस्य छानविन गर्न समिति बनाएको पालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । मनहरी गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता लाभग्राहीको संख्या तीनहजार दुईसय भन्दा बढी रहेको पालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *