वडाअध्यक्षको छोरामाथि छुरा प्रहार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

छुरा प्रहारबाट अध्यक्षका छोरा २४ बर्षीय पुजन लिम्बू गम्भीर घाइते छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । धरान १२ स्थित पब्लिक स्कुलको दक्षिणी गेटको केही तल छुरा प्रहार भएको हो ।

लिम्बूको पेटमा २ ठाउँमा छुरा प्रहार भएको छ । छुरा प्रहारबाट उनको आन्द्रासमेत बाहिर निस्किएको जानकारी प्राप्त भएको छ ।उनको अहिले शल्यक्रिया भैरहेको प्रविण राईले जानकारी दिए । प्रहरीका अनुसार एक अपरिचित व्यक्तिले ुमलाई तैले अस्ति हिर्काएको होइनु भन्दै एक्कासी छुरा प्रहार गरेको पीडितको वयानबाट खुलेको छ ।छुरा प्रहार गर्ने व्यत्तीको नाम खुलेको र खोजी कार्यतीब्र गतीमा भैरहेको प्रहरीले जानकारी दिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *