वंगलादेशका राष्ट्रपति अव्दुल हमिद नेपालमा, को हुन् अब्दुल हमिद ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वंगलादेशका राष्ट्रपति अव्दुल हमिद राजकिय भ्रमण लागिका नेपाल आएका छन् । राष्ट्रपति विद्याभण्डारीको निमन्त्रणमा चार दिने औपचारिक भ्रमणको क्रममा उनी नेपाल आएका हुन । सन् १९४४ जनवरी १ मा जन्मिएका हमिद सन् २०१३ को अप्रिलदेखि बङ्गलादेशको १९ औँ राष्ट्रपतिका रुपमा कार्यरत छन् । सन् २००९ देखि २०१३ को अप्रिलसम्म बङ्गलादेशको माथिल्लो सदन नेशनल पार्लियामेन्टको सभामुखको रुपमा उनले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरेका थिए । कानूनका जानकार राष्ट्रपति हमिदले पटकपटक किशोरीगञ्ज बार एशोसिएशनको सभापतिको रुपमा समेत आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । किशोरीगञ्ज जिल्लाको कमलपुरमा गाउँमा जन्मिएका राष्ट्रपति हमिदले स्नातकसम्म अध्ययन गरेका छन् । सन् १९५९ मा छात्र लिगबाट राजनीति शुरु गरेका राष्ट्रपति हमिदले सन् १९७० देखि निरन्तर निर्वाचित हुने अवसर पाउँदै आएका छन् । यसबाट नै उनको लोकप्रियताको पुष्टि हुन जान्छ । पूर्वी पाकिस्तानको रुपमा परिचित बङ्गलादेशको निर्वाचनमा सन् १९७० मा उनले युवा उमेरमा नै निर्वा्चित हुने अवसर प्राप्त गरे । सन् १९७३, १९८६, १९९१, १९९६, २००१ र २००९ मा भएको संसदीय निर्वाचनमा उनले लगातार आफ्नो पक्षमा जित निकाले । अवामी लिगबाट पटकपटक निर्वा्चित हमिदले पछिल्लो पटक किशोरीगञ्ज निर्वाचन क्षेत्र नं ५ विजयी भए । उनले सन् १९७१ मा भएको बङ्गलादेशको स्वतन्त्रता युद्धमा पनि सक्रिय सहभागिता जनाएका थिए । उनलाई बङ्गलादेश स्वतन्त्र भएको अवसरमा आयोजित विशेष समारोहमा सन् २०१३ मा स्वतन्त्रता दिवस सम्मानसमेत प्रदान गरिएको थियो ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *