लोकतन्त्रमा स्वच्छारी हुने छुट कसैलाई छैनः नविन्द्रराज जोशी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले लोकतन्त्रमा स्वच्छारी हुने छुट कसैलाई नभएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ८ मा कांग्रेसका स्थानीय तहहरुले विहिबार विभिन्न ठाउँमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै यस्तो बताएका हुन् ।

संसद विगठन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान माथि ‘कु’ गरेको बताउँदै उनले संर्वोच्च अदालतले संविधानको पक्षमा फैसला गर्नेमा आफु आशावादी रहेको बताए ।
संविधानको मर्म विपरित ओलीको निरन्तरको प्रहारलाई अव जनताले रोक्न नसके देश दुर्घटना तर्फ जाने जोशीले दावि गरे । उनले लामो समय नेपाली जनताको संघर्षबाट प्राप्त लोकतन्त्र ओली हातमा पुगेपछि ‘बादरको हातमा नरिवल’ जस्तै भएको जिकिर गरे ।

उनले कम्युनिष्ट सरकारको पालामा ओली–प्रचण्डको स्वार्थ पूर्ति नहुँदा सतहमा आएर एकले अर्कालाई तल्लो स्तरको गालिगलौजमा उत्रेर राजनीतिलाई नै बद्नाम बनाएको बताए ।
सामन्य राजनीतिक सस्कार समेत नभएको जसरी सडकमा नांगो नाच देखाएर ओली र प्रचण्डले जनताको विस्वासमाथि बेइमानी गरेको उनले आरोप लगाए ।

कांग्रेस काठमाडौं क्षेत्र नं. ८ ले विहिबार बृहत मोटर साइकल र्याली निकालिनुका साथै सिठि जुलुसको समेत आयोजना गरिएको थियो । त्यसका साथै जोशीको नेतृत्वमा सरकारको असंवैधानीक कदम विरुद्ध बसन्तपुरमा केहि समय धर्ना समेत दिएको नेविसंघका नेता सुदर्शनमान सिंहले जानकारी दिए । वर्तमान सरकारको विरुद्धमा नेपाली कांग्रेसले आज देशभरका स्थानीय तहहरुमा प्रर्दशन गरेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *