लेस्टर ३-०को हारसंगै स्तब्द

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ । घरेलु मैदान किङ पावर स्टेडियममा लेस्टर वेस्ट ह्यामसँग ३–० ले स्तब्ध हुँदै लिगमा पहिलो हार बेहोरेको हो ।

लेस्टरलाई स्तब्ध बनाउन वेस्टह्यामका मिकेल एन्टेनियो, पाब्लो फोर्नल्स र जरोड बोवेनले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो । खेलको १४औं मिनेटमा माइकल एन्टेनियोको गोलबाट लेस्टर सिटी पछि परेको थियो । आरोना क्रेसवेलको क्रसमा एन्टेनियोले हेडरमार्फत जाली चुमाएका थिए ।

३४औं मिनेटमा पाब्लो फोर्नल्सले गोल गर्दै वेस्टह्यामको अग्रता दोब्बर पारे । आरोन क्रेसवेलको लामो पासमा अफसाइड पोजिसन ट्रयाप गर्दै पाब्लो फोर्नल्सले बल एक्लै अघि बढाउदै वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए । दुई गोलले पछि परेको लेस्टरले त्यसपछि बल पोजेसनमा बलियो पकड बनाएपनि वेस्टह्यामको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न सकेन ।

दोस्रो हाफमा पनि घरेलु टोली लेस्टरले बल पोजेसनमा बलियो पकड बनाएपनि वेस्टह्यामको बलियो रक्षापङ्ति तोड्न सकेन । ८३औं मिनेटमा जारोड बोवेनले गोल गर्दै लेस्टरलाई ३–० को लज्जास्पद हार चखाए । पाब्लो फोर्नल्सको पासमा बोवेनले गोल गर्न सफल भएका थिए । लेस्टरले कुनै पनि समय वेस्टह्यामको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न नसक्दा पहिलो हार भोग्न बाध्य बन्यो ।जेमी भार्डी, एयोजी पेरेज र केलिचीले गोल गर्न सकेनन् । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लेस्टर हार्भे बार्नेसले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । जितपछि वेस्ट ह्यामले चार खेलबाट ६ अंक जोडेको छ । पराजित लेस्टरले एभर्टनसँगको अंक बराबरी गर्ने अवसर गुमाएको छ । लेस्टरको ४ खेलबाट ९ अंक छ ।

लेस्टरले सुरुवाती तीन खेलमा वेस्ट ब्रुम अल्वियोनलाई ३–०, बर्नलीलाई ४–२ ले तथा म्यानचेस्टर सिटीलाई ५–२ ले पराजित गरेको थियो । वेस्टह्यामको यो दोस्रो जित हो । यसअघि वेस्ट ह्यामले वल्भ्सलाई ४–० ले हराउदा न्युक्यासल युनाइटेडसँग २–० ले तथा आर्सनलसँग २–१ ले पराजित भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *