लेगानेशको पोष्टमा रियल मड्रिडको ५ गोल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी : रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा पुगेको छ । गएराति भएको खेलमा रियल मड्रिडले लेगानेशलाई ५–० गोलले पराजित गरेको हो । मड्रिडका लागि करिम बेन्जिमा, सर्जियो रामोस, सिल्भा डी गोएस, टोनी क्रस, र लुका जोविकले एक-एक गोल गरे ।

जितपछि दोस्रो स्थानमा पुगेको रियलको १० खेलबाट २१ अंक भएको छ र उ बार्सिलोना भन्दा एक अंकले पछि छ। राति नै भएका अरु खेलमा लेभान्टेले रियल सोसिडाडलाई २–१, एथ्लेटिको बिल्बाओले स्पानियोललाई ३–० तथा रियल बेटिसले सेल्टा डी भिगोलाई २–१ ले पराजित गरेका छन् । सेभिल्ला र भ्यालेन्सियाले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *