लुम्विनीमा २५ देशमा ५सयबढी भिक्षुहरुद्वारा त्रिपिटक बाचन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

शाक्यमुनी बुद्धको जन्म स्थल लुम्विनीमा दोस्रो अन्तराष्ट्यि त्रिपिटक वाचन कार्यक्रम विहिवारबाट संचालन भई रहेको छ । त्रिपिटक बाचन कार्यक्रममा जापान, कोरिया, थाईलैण्ड, म्यानमार, भारत, कम्बोडिया, भियतनाम, क्यानडा लगायत २५ देशका ५ सय बढी भिक्षु, उपासक तथा उपासिकाहरुकोे उपस्थिति रहेको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजनामा शुरु गरिएको त्रिपिटक वाचन कार्यक्रमले लुम्विनी क्षेत्रको प्रचार प्रसार र विकासमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नेपाली भिक्षुहरुले सुतक पिटक, थाई भिक्षुहरुले विनय पिटक र म्यानमारका भिक्षुहरुले अभिधम्म पिटक पाठमा अगुवाई गरेका छन् । सयौं वर्ष पछि गत वर्ष पहिलो पटक र यस वर्ष दोस्रो पटक त्रिपिटक वाचक कार्यक्रम शुरु गरिएको हो । भगवान बुद्धले बुद्धत्व प्राप्त गरे पछि पहिलो पटक कपिलवस्तु आउनु हुंदा देशना गर्नु भएको महासमय सुत्र पाठ गरी त्रिपिटक बाचन कार्यक्रम शुरु गरिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *