लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको ज्यान गएको छ । शनिबार बिहान कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।

उपचारका लागि अस्पताल आउँदा ती पुरुषको फोक्सोमा समस्या देखिएको थियो । आइसीयुमा राखेर उपचार हुँदै थियो । तर शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा।विष्णु गौतमले बताए । मृतक ती संक्रमित पुरुषले तीन दिनदेखि प्रादेशिक अस्पतालमा उपचार गराइरहेका थिए ।

अस्पतालले जनाएअनुसार उनको सुरुको रिपोर्ट नेगेटिभ आए पनि जेनेक्स्पर्ट गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि फेरि गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको डा। गौतमले जानकारी दिए । यसअघि पनि कपिलवस्तुका ४२ वर्षीय पुरुषको उपचारकै क्रममा बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *