लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको छ : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको जानकारी दिएकाछन् ।
बुधबार काठमाडौंमा लुम्बिनी परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनका आधारमा लुम्बिनीको विकास गरिने बताएकाछन्। नेपाल चिनाउने स्थल लुम्बिनी रहेको उनको भनाई रहेको थियो । मन्त्री भट्टराईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको विकासमा थप टेवा पुग्ने विश्वास समेत व्यक्त गरेकाछन् ।
लुम्बिनी नेपालको प्रमुख पर्यटकीय क्षेत्र भएकाले यसको विकास गरेर पर्यटकलाई आकर्षित गरिने उनको भनाई रहेको थियो ।
लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी नेपालको गौरव भएकाले यसको विकासले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताएकाछन ।