लुक्ला उडान सुरु भएपछि मन्थली विमानस्थल व्यस्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप , सोलुखुम्बुको लुक्लाका लागि उडान सुरु भएपछि रामेछापको सदरमुकाम मन्थलीस्थित विमानस्थल व्यस्त भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढेपछि नागरिक उड्डयन प्राधिकरणले लुक्लाको लागि उड्ने पर्यटकीय उडान मन्थलीबाट सुरु गरेको छ । अहिले मन्थलीबाट तारा, सीता, समिट लगायतका विभिन्न निजी कम्पनीहरुले दैनिक सोलुको लुक्लाको लागि पर्यटकहरु बोकिरहेका छन् । असोज १४ गतेबाट मन्थलीदेखि लुक्लासम्मका उडान सञ्चालन भई रहेका छन् । यस बीचमा ७ सय भन्दा बढी उडान भइसकेको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ । मन्थलीबाट लुक्लाको लागि गत वर्षबाट उडान सुरु भएको हो । मन्थलीबाट लुक्लाको लागि विमान सञ्चालनमा आएपछि मन्थली विमानस्थल र आसपासको क्षेत्र विदेशी पर्यटकले खचाखच भएका छन् । मन्थलीमा धेरै सुविधासम्पन्न होटल नभएका कारण राति काभ्रेको धुलीखेल, सिन्धुलीको मुलकोटलगायतका क्षेत्रमा बास बसेर पर्यटकहरु बिहानै मन्थली आई सोलुतर्फ जाने गरेका छन् । मन्थलीबाट सोलुका लागि हुने अधिकाँश उडान बिहान सबेरै हुने गर्छन् । दिउँसो मौसम अनुकुल नहुने भएकोले उडान हुँदैनन् । अहिले मन्थलीमा रहेका होटलहरु पनि पर्यटकहरुले खचाखच भएका छन् । मन्थली विमानस्थललाई काठमाडौंको वैैकल्पिक विमानस्थलको रुपमा विकास गर्ने पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले घोषणा गरिसकेका छन् । यसअघि सरकारले काभ्रेको पाँचखालमा वैकल्पिक विमानस्थल बनाउने प्रस्ताव अघि सारेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *