लियो क्लब ओफ अल्फा कालिका र क्षितिजले सम्पन्न गर्यो गायन प्रतियोगिता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शनिबार आल्फा लियो क्लब ओफ कालिका र लियो क्लब ओफ क्षितिजले संयुक्तरुपमा आयोजना गरेको गायन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सहभागीहरुले यस्तो माहामारीको बेलामा सबै ७,८ महिना देखि घरमै बस्दा बस्दा दिक्क भएका बालबालीहरुलाई मनोरञ्जन प्रदान गर्न र समयको सदुपयोग गर्न कार्यक्रमको आयोजना गरिएको आयोजनकले जानकारी दिएको छ । कार्यक्रममा सहभागी बालबालीकाहरुले सामाजीक दुरी कायमगर्दै र स्वास्थ्य प्रती सावधानी अपनाउदै सहभागीता जनाएका थिए ।

बन्दाबन्दीको समयमा पनी मनोरञ्जन गराउन र आफू भित्र भएको कला प्रदर्शन गराउने उदेश्यले बुटवलको होराइजन स्कुलको प्राङ्गणमा उत्त कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरुले यस प्रकारको कार्यक्रमले थप हौसला प्रदान गरेको भन्दै खुसि व्यत्त गरेका थिए ।

अन्लाईन माध्यम बाट अडिसन राउण्ड गराएर ९ जना प्रतियोगिलाइ छानेर फिनाले राउण्ड समाजिकदुरु कायम राख्दै आयोगना गरिएको थियो । प्रतियोगितामा प्रमुख अतिथी लियो लायन्स सरोज कंडेल ,विशिष्ट अतिथी युवराज पुन,कार्यक्रम सम्योजकसौरव बस्नेत , र अन्य आतिथीहरु तथा दर्शक,प्रतियोगी र आयोजक टिमहरुको सहभागीतामा सम्पन्न भएको हो ।

आयोजीत प्रतियोगितामा सागर थापा प्रथम हुन सफल भएका थिए ।कार्यक्रम दिप्सन अधिकारि र मनिशा यादवले सञ्चालन गरेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *