लिम्पियाधुरासहितको नक्सा बनाउने कार्य अन्तिम चरणमा रहेको मन्त्री पद्माकुमारी अर्यालको दावी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल लिम्पियाधुरासहित नक्सा बनाउने कार्य अन्तिम चरणमा पुगेको बताएकी छन्। मन्त्रालयले दुई वर्षको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले नक्सा निर्माण गर्ने प्राविधिक समितिले सुझाव पेस गरिसकेको जानकारी दिइन।

उनले नापी विभाग अन्तर्गतको प्राविधिक टोलीपनि नक्सा निर्माणको गृह कार्य गरिरहेको दाबी गरेकी छन्। अन्तिम चरणमा पुगेको छ, छिटै बाहिर आउँछु उनले भनिन्। उनले ६ हजार सीमास्तम्भको पुनस्निर्माण भइसकेको जानकारी गराएकी छन्। अब २५ सय मात्रै बाँकी छन्, केही हराएका छन्, केही भत्किएका छन् उनले भनिन।

उनले भूमिसम्बन्धी ऐनको आठौं संशोधन संसदबाट स्वीकृत भई राष्टिपतिबाट पनि प्रमाणिकरण भइसकेकाले भूमि सम्बन्धि सम्पूर्ण समस्याको समाधानको लागि शक्तिशाली भूमि अयोग गठनको अन्तिम तयारी भइरहेको बताइन। यो आयोग विगत जस्तो हौयन, कानुन निर्मित आयोग भएकोले स्वत शक्तिशाली हुन्छ, मा फिल्डमा नै निर्णय गर्न सक्छु उनले भनिन।

पत्रकार सम्मेलनमा मन्त्रालय प्रवक्ता एवं सहसचिव जनकराज जोशीले दुई वर्षमा भएका महत्वपूर्ण उपलब्धिका बारेमा जानकारी गराएका थिए। उनका अनुसार २८४ विघा ५ कठ १५ घुर जग्गा फिर्ता गरी नेपाल सरकारको नाममा आएको छ। नेपाल भारत सीमाका १ हजार ९३ सीमा स्तम्भ निर्माण र ८९० सीमास्तम्भ मर्मत सम्भार गरिएको छ। सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोलले ४६७ विघा जग्गा सरकारी, सार्वजनिक वा गुठी कायम गर्ने निर्णय गरेको छ। देशभर १०८ वटा मालपोत कार्यालय अनलाइन सेवा माफत सञ्चालनमा छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *