लिग विजेता मच्छिन्द्रलाई तेस्रो सताक्षाी गोल्डकपको उपाधि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लिग विजेता मच्छिन्द्र क्लबले तेस्रो सताक्षी गोल्डकपको उपाधि हात पारेको छ । उपाधिसँगै मच्छिन्द्रले नगद ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।

आइतबार झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको फाइनल खेलमा थ्रि स्टार फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन भएको हो । उपविजेताथ्रि स्टारले ३ लाखमा चित्त बुझायो ।
लिग सकिएको एक सातापछि सताक्षी गोल्डकपको तेस्रो संस्करणमा उनीहरु मोफसलको पहिलो उपाधिका लागि खेलेका थिए । लिगको ५९ औँ खेलमा मच्छिन्द्रले थ्रि स्टारलाई २–० गोल अन्तरले हराएको थियो । लिगमा थ्रि स्टारविरुद्ध मच्छिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राई ’बी’ ले एकएक गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टी गोल नै मच्छिन्द्रलाई जितका लागि निर्णायक बन्यो । खेलको दोस्रो मिनटमा मच्छिन्द्रका अडेलाजा सोमिडेलाई पेनाल्टी एरियाभित्र थ्रि स्टारका अशोक खवासले लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो । त्यस्तै, नवौँ मिनेटमा विशाल राई ‘बि’ को प्रहार थ्रि स्टारका गोल किप्पर पूर्ण चेम्जोङले बचाए ।

२३ औँ मिनेटमा पेनाल्टी एरिया नजिकबाट थ्रि स्टारका लालरामको पहार बार छेवैबाट बाहिरियो । ३९ औँ मिनेटमा अशोक खवासको पासमा लालरामको हेडर बाहियिो । ४३ औँ मिनेटमा मच्छिन्द्रका गाल किप्पर विशाल श्रेष्ठ बिट भएको मौका लालरामले गरेको प्रहार रक्षक देवेन्द्र तामाङले गोल लाइन नजिकबाट उत्कृष्ट क्लियर गर्दै बराबरी हुनबाट जोगाए ।

फाइनल खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ भए । उनले नगद १० हजार पाए ।त्यस्तै, प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्ट थ्रि स्टारका कप्तान विक्रम लामा भए । उनले नगद ५० हजार प्राप्त गरे ।

हाइ स्कोरर थ्रि स्टारकै सञ्जोग राई भए । प्रतियोगिताभरि दुई गोल गरेका उनले नगद २५ हजार पाए । प्रतियोगिताको उत्कृष्ट गोल किप्पर विजेता टिमका विशाल श्रेष्ठ, बेस्ट डिफेन्स मच्छिन्द्रका पिटर सेगुन, बेस्ट मिडफिल्ड थ्रि स्टारका रुपेश केसी, बेस्ट फरवाड मच्छिन्द्रका रेजिन सुब्बा र बेस्ट कोच विजेता टिमका प्रवेश कटवाल घोषित भए ।

उनीहरुले जनही २० हजार रुपैयाँ पाए । उदयीमान खेलाडीका रुपमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जीत राईलाई नगद २० हजार रुपैयाँ प्रदान गरियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *