लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीद्वारा एभिन्युजकर्मी दिपक कार्की सम्मानीत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी , लामो समय देखि इटहरीलाई कार्यक्षेत्र बनाइ पत्रकारिताका माध्यमद्धारा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउदै आएका एभिन्युजकर्मी दिपक कार्की सम्मानीत भएका छन् ।
लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीले पदस्थापनाका अवसर पारेर क्लवले आयोजना गरेको सामाजिक कार्यलाई सञ्चार माध्यमबाट समाजमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै एभिन्युजकर्मी कार्कीलाई सम्मान गरिएको हो ।

सोही अवसरमा निसाहय बालवालिका सेवा आश्रमकी सञ्चालिका गिता गौतमलाई पनि सम्मान गरिएको छ । त्यसै गरी लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीका सदस्य उमानाथ दाहाल लगायतका क्लवले सञ्चालन गरेका कार्यक्रमहरु सफल वनाउन महत्वपुर्ण योगदान गरेको भन्दै सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लव डिष्ट्रिक गर्भरन इन्द्र खत्री, क्लवका अध्यक्ष राजेन्द्रकेशरी घिमीरे र सचिव बेदनाथ भेट्वालले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसै विच लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको २०१९.०२०का पदाधिकारीहरुको पदस्थापना सम्पन्न गरियो । २०१९.०२० अध्यक्ष थानेश्वर ढकाल नेतृत्वको नयाँ समितिलाई वर्ष २०१८ . ०१९ अध्यक्ष राजेन्द्रकेशरी घिमीरेले लायन्स चेन तथा पिन लगाइदिएर पदभार सुम्पेका थिए ।
नयाँ समितिको प्रथम उपाध्यक्षमा लक्ष्मी गौतम ,द्धितिय उपाध्यक्षमा मुक्ती दाहाल, बेदनाथ भेटवाल , सचिव गणेश ओली , सहसचिव दुर्गा थापा, कोषाध्यक्ष अनिता कार्की र सहकोषाध्यक्षमा सुजता बस्नेत चयन भएका छन ।

सोही अवसरमा निवर्तमान अध्यक्ष घिमीरेले सरस्वती माध्यमिक विद्यालय इटहरीमा कक्षा ८मा अध्ययनरत मुस्कान परियारलाई एक वर्ष सम्मको पठनपाठनको खर्चका साथै शैक्षिक सामाग्रीहरु समेत उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *