लामो समयको प्रतिक्षापछि जनकपुरमा यसरी आयो रेल (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

लामो समयको प्रतिक्षापछि जनकपुरमा रेल आइपुगेको छ। कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन जनकपुर ल्याइएको हो।नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट जनकपुर आइपुगेको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

रेल विभागले कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको लागतमा रेलको बगी तथा इन्जिन खरिद गरेको छ । रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो । ती रेल सेटको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गर्न लागेको छ ।

भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलोमिटरमा गत वर्षको मंसिर महिना पहिलो सातामै लिक परीक्षण भएपछि रामजानकी विवाह महोत्सवमै रेल सञ्चालन गरिने चर्चा थियो । तर, रेल नेपाल वा भारत कुन देशले किन्ने भन्ने अन्योलताले तोकिएको समयमा रेल्वे सञ्चालन हुन सकेको थिएन।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *