लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने सरकारको निर्णय
सरकारले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको छ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको हो।
यसअघि सरकारले भदौ १५ गतेदेखि नै लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो। संक्रमणको बड्दो तथ्याङकलाई मध्यनगर गर्दै मसान्तदेखिमात्र सवारी चलाउने निर्णय गरिएको हो ।
कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा अहिले निषेधाज्ञाको अवस्था रहेको छ।