लागूऔषध २० किलोग्राम सहित ५ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धादिङ प्रहरीले २० किलोग्राम लागूऔषसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले बेनिघाट रोराङ गाउँपालिका ४ मलेखुस्थित ताल्ती जाने सडकबाट आइतबार ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर स्थायी घर भई धादिङ काफलफेदी बस्ने सुकलाल गेम्बो, सोही ठाउँ बस्ने भीमबहादुर गोम्बो, पासाङ तामाङ, कान्छामान तामाङ र म्याग्दी मालिकाका तिलक विक रहेका छन् । उनीहरुबाट लागुऔषध चरेश २० किलो, लागुऔषध चरेश बनाउन प्रयोग हुने केमिकल १ लिटर, २ लाख ४० हजार नगद र ४ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *