लागूऔषध सहित दुई युवा पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नवलपरासीमा ठूलो परिणाको लागूऔषध सहित दुइजना पक्राउ परेका छन ।
नवलपरासी वर्दघाट सुस्ता पश्चिम नवलपरासीको सराव गाउपालीका २ देविनगर स्थित पुर्व पश्चिम राजमार्गमा भैरहवाँ बाट पोखरा तर्फ जाँदै गरेको दुई वटा यात्रु बाहक बस चेक जाँच गर्दा ठुलो मात्रामा लागू औषधि सहित दुई जनालाई प्रहरिले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर जिल्ला गोदावरि नगरपालिका ११ चापाँगाउ बस्ने वर्ष २६ का नरेश लामा र कास्की जिल्लाको पेखरा महानगर पालिका १५ गलेश्रवर बस्ने वर्ष १५ को विशाल सुनार रहेका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका नायब प्रहरी उपरिक्षक एंवम सुचना अधिकृत बिरेन्द्र थापाले दिऐको जानकारि अनुसार भैरहवाँ वाट पोखरा तर्फ जाँदै गरेको दुईवटा यात्रु वाहक बस लाई नियमित चेक जाँचको क्रममा चेक जाँच गर्दा नरेस लामाको साथवाट डाईजोपाम २३ ऐम्पुल , नुफ्रिन २० ऐम्पुल , फेनारगन २३ ऐम्पुल , सिरिन्ज ४ थान र विशाल सुनारको साथ वाट फेनारगन २२१ एम्पुल , नुफ्रिन २२३ एम्पुल , डाईजेपाम २२१ एम्पुल , फेलापरेको प्रहरिले जनाऐको छ ।

पक्रमउ पर्ने दुवै जना लाई कार्यालयमा लाई लागू औषध मुद्दामा आवश्यक अनसुन्धान गरि मुद्दा चलाउने प्रहरिले जनाऐको छ ।

नेपाल भारत खुल्ला सिमानाले गर्दा रुपनदेहिको भैरहवा , र नवलपरासीको महेशपुर , भुजहवाँ , पकलिहवाँ र झुलनिपुर नाका वाटा लागू औषधि भित्रिराखेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *