लागूऔषध र हथियार सहित पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जिल्ला प्रहरी कार्यालय बाँकेले लागू औषध कारोबारी र हतियारधारीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले मातहतका ईलाका प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले ब्राउन सुगर, एम्पुल लागू औषध र हतियार सहित हिड्ने ब्यक्तिलाई नियन्त्रणमा लिई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बिर बहादुर वलीले माघ २५ गते नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहमा भारतबाट नेपालतर्फ आउदै गरेको भारत बहराईच जिल्ला बस्ने बर्ष २५ का अब्दुल रसिदले अपाची मोटरसाईकलको हेलमेट भित्र लुकाई ल्याएको २ सय ग्राम खैरो हिरोईन जिल्लाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको बताए । उनले २५ गते भारतबाट नेपाल आउदै गरेका कैलाली जिल्ला टिकापुर नगरपालिका १ बस्ने बिष्णु पुरीले चलाई ल्याएको भे ९ प ६५२९ नंम्बरको स्कुटी भित्र लुकाई ल्याएको १८ ग्राम खैरो हिरोईन सहित उनकै भाई शिवराज पुरीलाई इलाका प्रहरी कार्यालय जमुनाह र लाूु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको जनाए ।

यसै गरि रुपैडिहाबाट नेपालगन्ज आउदै गरेका नेपालगन्ज उपमहानगरपालिका २ बस्ने नगेन्द्र रानाले लु १० प ७३९९ नंम्बरको मोटरसाईकलमा ल्याउदै गरेको लुरी ९५ एम्पुल, बि नोर्फिन सय एम्पुल र इमिगन सय एम्पुल पक्राउ गरिएको एसपी वलीले पत्रकार सम्म्ेलनमा जानकारी दिए । एसपी वलीले यही माघ १५ गते नेपालगन्ज उपमहानगरपालिका २ घरवारी टोल बस्ने बिशाल सुनारलाई कुटपिट गरेको भन्ने सूचनाको आधारमा नेपालगन्ज उपमहानगरपालिका २ न्यूरोड बस्ने सुवास शाही, सद्दाब अहमद र जीबन आरसीलाई धारिलो हतियार सहित पक्राउ गरेको जानकारी दिए ।

उनले पत्रकार सम्मेलनकै अबसरमा चालु आर्थिक बर्ष २०७६÷०७७ को साउन देखि हाल सम्म ब्राउन सुगर ६ सय ८ ग्राम ७ सय४५ मिलिग्राम, चरेस ९ सय ९० ग्राम, गाँजा ४ किलो ७ सय ७५ ग्राम, कोरेक्स ३ सय एमएल, नाईट्राजेपाम २ हजार ६ सय १२ ट्याब्लेट र अन्य २ सय १० पिस ट्रामाटस बरामद गरि १ सय ८ मुद्दा दर्ता गरेको र ५ महिला, ६ भारतीय नागरिक र १ सय ४८ नेपाली पुरुष गरि १ सय ५९ जनालाई पक्राउ गरेको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले लागू औषध हिरोईन, एम्पुल औषध र हात हतियारमा संलग्न ७ जनालाई सार्वजनिक गर्दै लागू औषध नियन्त्रण ऐन अनुसार कार्वाही अगाडी बढाईने जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *