लागूऔषध ब्राउन सुगर सहित एकजना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिरहाको नरहा गाउँपालिका वडा नं. ३ चोहर्वामा बुधबार ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरको विशेष टोली र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा नरहा गाउँपालिका वडा नं. ३ चोहर्वा बस्ने १९ वर्षीय कृष्ण कुमार महतोलाई अबैध लागु औषध (ब्राउन सुगर) बिक्री वितरण गर्नको लागि साथमा बोकी राखेको सुचनाको आधारमा चेकजाँच गर्दा सेतो र रातो रंगको प्लाष्टिकको पोकामा तयार परिएको सानो पोका १४ थान एक ग्राम १३० मिलिग्राम सहित पक्राउ गरिएको हो ।

ब्राउन सुगर सहित पक्राउ गरेका महतोलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *