लागूऔषध चरेस सहित युवति पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रहरीले ८ किलो चरेससहित एक युवतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली नगरपालिका वडा नम्बर १ की २४ बर्षीया गिता राई रहेकी छिन् ।
काठमाडौंबाट धरान जाँदै गरेको बा ४ ख ८०६० नम्बरको बसमा चेकजाँच गर्दा राईको साथबाट ८ किलो १ सय ६० ग्राम लागुऔषध चरेस बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उनलाई प्रहरीले हेटौंडा १० बसपार्कबाट पक्राउ गरेको हो ।
त्यसैगरी, प्रहरीले भक्तपुर थिमीबाट हेन्डिल लक तोडी चोरेर ल्याउँदै गरेको लु ५४ प ६०९८ नम्बरको मोटरसाइकलसहित रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का १८ बर्षीय अविनाश चौधरीलाई पक्राउ गरेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *