लागूऔषध खैरो हेरोइन सहित दुई जनालाई पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सप्तरी प्रहरीले लागूऔषध पचास ग्राम खैरो हेरोइन ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लामा ब्राउन सुगरसहित पक्राउ पर्ने घटना सम्भवतलः यो पहिलो नै हो ।

ब्राउन सुगरसहित पक्राउ पर्नेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ बस्ने १९ वर्षीय निरज शर्मा र २७ वर्षीय भरत शर्मा छन । उनीहरु एउटै परिवारका काका भजित पर्ने नाताभित्रको रहेको बताइएको छ । शनिबार पक्राउ परेका उनीहरुलाई आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन ।

निरज मोटरसाइकल चालक भएको र पछाडी सवार भरतको साथबाट एक पोका पोलोथिनसहित १० ग्रामको दरले पाँच पोका गरी ५० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल र नगद छ हजार नौ सय रुपियाँ बरामद गरिएको पत्रकार सम्ममेलनमा प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ बकधुवा महुली स्थित भित्री सडक खण्डबाट उनीहरुलाई पक्राउ गरिएको हो । महदेवा गाउँबाट महुलीतर्फ स ७ प १८६५ नम्बरको मोटरसाइकलमा लागूऔषध ब्राउन सुगर लिएर आउँदै गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ परेको जानकारी दिए ।

लागूऔषध ब्राउन सुगर कारोबारको महुली ट्रान्जिट प्वाइन्ट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक धमलाले यहाँबाट उदयपुर, काठमाण्डौसम्म ओसारपसार भइरहेको बताए । अहिले पक्राउ परेका उनीहरु सेवनकर्ता नभई कारोबारी भएको अनुसन्धानबाट खुलेको उनले बताए । भारत बिहारको सुपौल स्थित प्रशान्त भनिने व्यक्तिबाट खरिद गरी ल्याएको बयान पक्राउ पर्नेहरुले बताएकाछन् ।

उनीहरु उपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही गरिने उहाँले सो ऐन अनुसार १० देखि १५ वर्षसम्म कैद सजाय हुनसक्ने प्रहरीले बताउको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *