लागूऔषध कारोबारीले गरे प्रहरीमाथी हमला, तीन जना प्रहरी घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मोरङको बुढीगंगामा मा लागूऔषध कारोबारीले प्रहरीमाथी आक्रमण गरेकाछन् ।मोरङको बुढीगंगा प्रहरी र लागुऔषध कारोबारीबीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका हुन ।

लागुऔषधको कारोबार भइरहेको सूचना पाए लगत्तै गएको प्रहरी टोलीमाथि अचानक आक्रमण भएको प्रहरीले बताएको छ ।प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले प्रतिरक्षाका क्रममा गोलीसमेत चलाएको थियो ।

घटनास्थलबाट सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए। कोरेक्स र गाँजा बिक्री वितरण भएको सूचना पाएर गएको प्रहरी टोलीलाई लक्षित गरी उनीहरुले आक्रमण गर्न थालेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो ।

घटना भएको ठाउँ बुढीगंगा गाउँपालिका वडा नम्बर १ आरती स्ट्रिप्स पछाडिपट्टि गरैया बस्तीमा हो । झडपमा तीन जना प्रहरी कर्मचारी घाइते भएको र एकको अवस्था गम्भीर रहेको एसपी खड्काले जानकारी दिए । गम्भीर घाइतेको विराटनगरको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *