लसुनको मुल्यमा भारी गिरावट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

किलोको ८ सय रुपैया सम्म पुगेको लसुनको मुल्यमा भारी गिरावट आएको छ । भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । भारतले लसुन र प्याज निर्यात रोकेपछि यहाँ लसुन र प्याजको मुल्य आकासिएको थियो ।

भारतवाट आयात हुन छोडेपछि चीनले निर्यात गरिहेको थियो । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए ।

यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिनप्रतिदिन घट्दै गएको छ ।नेपालमै उत्पादित लसुन वजारमा आउन लागेपछि मुल्य घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार पुस अन्तिम साता चिनियाँ लसुनको थोक मूल्य प्रतिकिलो रू २२० थियो । तर, आयात बन्द भएपछि व्यापारीहरूले आफूसँग भएको लसुन होलसेलमा प्रतिकिलो रू ७ सयदेखि ८ सयसम्ममा बेचेको कालीमाटी तरकारी बजारका व्यवसायीले बताए ।

भारतीय लसुनको आयात हुन थालेपछि भने मूल्य घट्दै प्रतिकिलो रू ४२० कायम भएको छ । त्यसैगरी भारतीय लसुनको मूल्य प्रतिकिलो रू २८० रहेको छ । चीनबाट लसुन आयात हुन नसक्दा व्यापारीहरूले लुकाएर राखेको चिनियाँ लसुन अहिले बजारमा आउन समेत थालेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *