ललितपुर महानगरद्धारा सम्पदासम्बन्धि अन्तराष्ट्रिय सम्मेलन गर्ने घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै जिल्लामा रहेका कला र संस्कृतिहरुको संरक्षण गर्न आवश्यक सुझाव लिने उद्देश्यले अन्तराष्ट्रिय स्तरको सम्पदा सम्मेलन गर्ने योजना तय गरिएको जानकारी दिनु भएको हो ।

सिटीनेट नामक महानगरपालिकाहरुको अन्तराष्ट्रिय स्तरको नेटवर्कको कार्यकारी सदस्य समेत रहेको ललितपुर महानगरपालिकाको संयोजनमा ३८ औं कार्यकारी समितिको मिटिङ पनि सुरु भएको छ । बैठकमा नगर विकासका विभिन्न अवधारणाबारे छलफल भईरहेको पनि मेयर महर्जनले जानकारी दिनु भयो ।

ललितपुर महानगरपालिका सो नेटवर्कको कार्य समितिमा निर्वाचित भएपछि त्यसको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गरिएको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *