ललितपुरमा भाद्र २६ गतेसम्म पाँच जना भन्दा धेरै मानिस भेला हुन निषेध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

ललितपुरका विभिन्न ठाउँमा भाद्र २६ गतेसम्म पाँच जना भन्दा धेरै मानिस भेला हुन निषेध गरिएको छ । मछिन्द्रनाथको रथ तान्ने विवादपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुरको केहि क्षेत्रमा मानिसहरुलाई भेला हुन रोक लगाएको हो रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तर बखुण्डोल चोकमा भेला वा जम्मा हुन नपाइने प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र अर्थात पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिमवहालसम्म भेला जम्मा हुन नपाइने पनि प्रशाशनले जनाएको छ ।

निषेधाज्ञकाबीच बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र केहि युवाहरुबीच झडप भएको थियो भने शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर महानगरभित्र कफर््यु आदेश जारी गरेको थियो । विवादपछि रातोमन्छिन्द्रनाथको जात्रालाई छोट्टाउने सहमति भएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *