ललितपुरको मंगलबजारमा ‘एल कप ब्याटमिन्टन प्रतियोगिता’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ललितपुरको मंगलबजारमा ‘एल कप ब्याटमिन्टन प्रतियोगिता’ सुरु भएको छ ।

पाटन दरबारक्षेत्रस्थित आर्दश कन्या विद्यालयको प्राङगणमा सो प्रतियोगिता सूरु भएको हो । कार्तिक नौं गतेसम्म संचालन हुने सो प्रतियोगितामा ७२ वटा टोलका १७० जना खेलाडीहरु सहभागी हुनेछन । २ वटा कोर्टमा चार ईभेन्टमा खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । जसमा १५ वर्षमुनिका किशोरहरुको अन्डर १५ सिंगल, पुरुष मेन्स डबल्स, भेट्रान्स मेन्ट डबल्स र मिक्स डबल्स इभेन्ट रहेका छन ।

प्रतियोगितामा १५ वर्षमुनिका किशोरहरुको अन्डर १५ सिंगल इभेन्टमा पहिलो हुनेलाई ८ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलाई २ हजार नगदसहितको पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *