ललितपुरका विभिन्न ठाउँमा विद्युत् आपूर्ति ठप्प

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

ललितपुरको सुनाकोठी, नख्खिपोट, चापागाउँ, लेलेलगायतका क्षेत्रमा बुधबार दिउँसोदेखि बिजुली आपूर्ति बन्द भएको छ ।नेपाल विद्युत् प्राधिकरणको लगनखेलमा रहेको पाटन सबस्टेशन अन्तर्गतको चापागाउँ फिडरबाट वितरण भएको लाइनमा खराबी आएकाकारण दक्षिण ललितपुरका धेरै ठाउँमा बिजुलीको आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिएकाछन् । उहाँका अनुसार यी क्षेत्रमा दिउँसो ३ बजेदेखि बिजुलीको आपूर्ति हुन सकेको छैन ।

वितरण लाइनको कुन ठाउँमा खराबी आयो भन्ने यकिन नहुँदा मर्मतमा समस्या भएको छ । दिउँसोदेखि नै प्राविधिकको टोली मर्मतमा खटिए पनि समस्या पत्ता लगाउन नसक्दा कठिनाइ भएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । अहिले पनि प्राविधिकको टोलीले काम गरिरहेका उहाँले जानकारी दिएकाछन् ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *