अबडेट :लम्जुङको मस्र्याङदी गाउँपालिका ३ पल्लोटारीमा भिषण पहिरो,१८ घर पुरिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अबिरल वर्षापछिको पहिरोले मस्र्याङदी गाउँपालिका ३ पल्लोटारीका १८ घर पुरिएका छन् । पहिरोमा परेर आठ जना घाइते भएका छन् । रातभर परेको पानीका कारण गाउँमाथिबाट पहिरो खसेर घरहरु पुरिएका हुन ।

विहान १० बजेतिर गाउँमाथिबाट ठूलो पहिरो खसेर घर पुरेको हो । पहिरो खसेपछि भाग्ने क्रममा २५ वर्षीया सिर्जना गोतामे, १३ वर्षीया कविता बसेल र ७० वर्षीय देवबहादुर सार्की घाइते भएका छन् । अन्य ५ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । ८० घरधुरी रहेको गाउँका १८ घर पुरै पहिरोले पुरेको छ । बाँकी सबै घरमा आंशिक क्षति पुगेको छ ।

पहिरोको पुरको १८ घर र बाँकी ६२ गरी ८० घर नै स्थानान्तरण गरिएको छ । मंगलबार ४ घरमा पहिरो पसेको र बुधबार थप १४ घरसहित १८ घर पुरेको गाँउपालिकाले जनाएको छ । गाउँमा पुनः पहिरो जान सक्ने र घर बगाउने सम्भावना रहेकाले उनीहरुलाई तरापुको धनेश्वर आधारभूत विद्यालय, सामुदायिक भवन लगायतका स्थानमा राखिएको छ ।

 

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *