लद्दाखको पांगोङ तालनजीक भारतीय र चिनियाँ सैनिकबीच पुनः झडप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चीन र भारतका सैनिकहरूबीच शनिवार र आइतवार राति झडप भएको छ ।भारतीय सेनाले सोमवार एक बयान जारी गरेर चिनियाँ सैनिकहरूले वास्तविक नियन्त्रण रेखा पार गरेर यथास्थितिलाई उल्ट्याउन खोजेको आरोप लगाएको छ । बयानमा भारतीय सैनिकहरूले चिनियाँ जनमुक्ति सेनालाई धरातलीय यथार्थ परिवर्तन गर्न नदिएको र उल्लेखविवाद समाधानका लागि चुशुलमा ब्रिगेड कमान्डर स्तरको बैठक चलिरहेको छ ।

पूर्वी लद्दाखमा चिनियाँ फौजको गतिविधि तालको दक्षिणी किनारामा सीमा विवादको क्षेत्र बढाउने प्रयासका रूपमा भारतले हेरेको छ । दुई देशका सैनिकहरू पूर्वी लद्दाखमा लगभग चार महिनादेखि आमनेसामनेको स्थितिमा छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *