लगातारको बर्षापछि हनुमन्ते खोला बस्तीतिर फैलिँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शनिबारदेखिको निरन्तर वर्षाका कारण हनुमन्तेमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले हनुमन्तेमा बाढी बढेकाले आसपासका बासिन्दालई उच्च सतर्कतामा रहन आग्रह गरिएको बताइन् ।हनुमन्तेको बाढी भक्तपुर नगरपालिकाको सूर्यविनायक राममन्दिर, बाराहीस्थान, मध्यपुर थिमीको राधेराधे, सूर्यविनायक नगरपालिकाको बालकोटलगायत स्थानका बस्तीमा पस्न थालिसकेको छ ।हनुमन्तेको सहायक घट्टेखोलामा आएको बाढीले सूर्यविनायक–५ गैरीधारा टोल डुबानमा परेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *