लकडाउनमा पेट्रोलको मूल्य बढेको बढ्यै
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य फेरि बढाएको छ ।यसअघि एक सय पाँच रुपैयाँ रहेको पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको छ ।
डिजेल मट्टीतेल, हवाई इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।