लकडाउनको समयमा प्रसूतिकालागि आउने बडे, जिल्ला अस्पतालमा छुट्टै कक्षको व्यवस्था

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोभिड महामारीका कारणले पछिल्लो समयमा सिन्धुली जिल्ला अस्पतालमा प्रसुतीकालागि आउने महिलाहरुको संख्या दिनदिनै बढ्दै जान थालेपछि मातृशिशुको सुरक्षाकालागि सिन्धुली जिल्ला अस्पतालले छुट्टै प्रसुति कक्षको संचालन गरेको छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिरहेका बेला सिन्धुली जिल्लाका ग्रामिण तथा पिछडिएका बस्तीहरुबाट सुरक्षित रुपमा प्रसूतिकालागि सिन्धुली अस्पताल आउनेको संख्या बढदै जान थालेपछि मातृ शिशुको सुक्षाकालागि सिन्धुली अस्पतालले सुरक्षित प्रसूति सेवा संचालन गराउन थालेको हो ।

सुररक्षित प्रसुतिकालागि अस्पतालहरुमा दिनदिनै चा“प बढने क्रममा विगत दुई वर्ष अगावै ३ सय ४० को संख्यामा प्रसुति गराईदै आईएको सिन्धुली अस्पतालमा गत आर्थिक वर्षमा ५ सय ४ जनाको प्रसुति भएको एक तथ्यांकले देखाएको छ ।सिन्धुली अस्पतालको प्रांगणमा नव निर्मित प्रसूति वार्डको एक लघु समारोहका बीच कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले उद्घाटन गर्नुभएको हो ।

पछिल्लो समयमा सिन्धुली अस्पतालका अनुसार, छिमेकी जिल्ला सर्लाही, महोत्तरीबाट समेत प्रसूतिका लागि आउन थालेपछि सिन्धुली अस्पतालको प्रसूति वार्डमा चाप बढेदै जान थालेको छ । संघीय सरकारबाट प्राप्त १३ लाख , कमलामाई नगरपालिकाको १० लाख लगाएत विभिन्न दाताहरुको सहयोगब सामग्रीबाट प्रसूति वार्डको विस्तार गरिएको हो । सिन्धुली जिल्ला अस्पतालको प्रसूति वार्डमा दुईवटा वेड थप गरी १५ वेडको प्रसूति पोस्ट अपग्रेड वार्ड बनाइने जनाईएको छ ।यससगै सिन्धुली अस्पतालमा नवनिर्मित सात शैयाको प्रसुती वार्ड सञ्चालन भै गर्भवतीलाई शल्यक्रियापछि राखिने भएको छ ।

कोरोना भाइरस कोभिड १९ को महामारीका कारणले वन मातृ शिशुको मृत्युदर रोक्न तथा सुरक्षित रुपमा प्रसुती गराउने कार्यलाई सिन्धुली अस्पातलले महत्व दिदै आएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *