लकडाउनको सदुपयोग यसरी गर्नुहोस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

लकडाउनले दोलखा सदरमुकाम चरिकोटको क्याफेहरू प्रायः बन्द नै रहेका छ्न । क्याफे बन्द भएपनि सञ्चालकहरू भने चुप लागेर बसेका छैनन् । अहिले धेरै क्याफे सञ्चालकले स्थानीय तथा काठमाडौंबाट समेत चित्रकार ल्याएर आफ्नो क्याफेको भित्ताहरूमा जिल्लाको विभिन्न पर्यटकीयस्थलको चित्र बनाउने अभियान शुरू गरेका छन्।

सदरमुकाम चरिकोटको बीच बजारमा रहेको ड्रिम्स क्याफेका सञ्चालक भरत रोन श्रेष्ठले आफ्नो क्याफेको भित्ताहरूमा स्थानीय चित्रकार हरि केसीलाई बोलाएर आफ्नो गाउँ क्षेत्रपाको प्रसिद्ध कालाघारी झरना, शैलुङडाँडा, नेवारी सांस्कृतिक पहिचान झल्काउने पहिरनसहितको युवती आदिको चित्र बनाउन लगाएका छ्न ।

अब दोलखा आउने पर्यटकलाइ जिल्लाका विभिन्न रमणिय स्थलहरुको बारेमा बोली रहनु नपर्ने क्याफेको भित्तामा कोरिएको चित्र आफै बोलिरहेको हुने उनको भनाइ छ । त्यसै अर्को किङ्स क्याफेका संचालकले भने आफ्नो क्याफेमा चरिकोट बजार, भोर्ले झरना लगायत पर्यटकिय स्थल पोखराको फेवाताल समेत चित्रकला बनाएका छन।

क्याफेमा आउने कस्टोमरको आकर्षकका लागि फेवाताल देखि चरिकोट बजार र भोर्ले झरनाको आर्ट गराएको बताउछ्न।सदरमुकाम चरिकोटमा रहेको क्याफेहरुमा दोलखाको प्रसिद्ध पर्यटकीयस्थलहरू, मठ–मन्दिर, सांस्कृतिक पहिचान झल्कने भेषभुषाले सजिएको आकृति देख्न सकिन्छ । क्याफेमा चियाकफिमात्र नभइ फोटोको लागि पनि आउने गरेको गा्रहक बताउछन ।

हिजोआज हरेक उमेर समूहका गेस्ट लकडाउन छल्दै ड्रिम्स, किङ्स, लगायतका क्याफेको भित्तामा कोरिएका विभिन्न आकर्षक चित्रलाई नियाल्दै र त्यसका आडमा तस्वीर लिन तम्सिरहेका हुन्छन्। क्याफेमा चिया कफि लिन आउनेहरु तस्बीर लिएर मात्र फर्किन्छ्न । क्याफेका भित्तामा बनाइएको चित्रकलाले पर्यटक लाई पनि लोभ्याउने र पर्यटन प्रबर्द्धन सहयोग पुग्ने जन बिस्वास रहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *