रौतहटमा निशेधाज्ञा जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना भाइरस (कोविड १९) को संक्रमण समुदाय स्तरमै फैलिन थालेपछि रौतहट प्रशासनले ९ दिनको लागी जिल्लामा निशेधाज्ञा जारी गरेको छ ।समुदाय एवं सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम साउन २४ देखी ३२ गते सम्मका लागी रौतहट जिल्ला भरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ । स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपाी, दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सवै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, सव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र संचालनको अनुमति दिएको छ ।

भारत लगायतका अन्य मुलुकबाट हुने सबै प्रकारको अवागमनलाई रोक लगाएको र सिमा नाकाहरु पूर्ण रुपमा सील हुने प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । निषेधाज्ञाको उल्लंघन गर्नेलाई ऐन बमोजिम कारवाही हुने समेत उनले बताए ।

मंगलवार रौतहटमा समुदाय स्तरमै ६ जनामा संक्रमण पुष्टी भएको थियो । प्रदेश २ का जिल्लाहरुमा संक्रमण तिव्ररुपमा फैलिए पछि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *