रौतहटमा डिएसपी सहित २० प्रहरीमा कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहटको चन्द्रनिगाहपुरमा डिएसपी सहित २० जना प्रहरीमा आज संक्रमण पुष्टी भएको छ । बुधवार बिहान आएको रिपोर्टमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक, दुई प्रहरी निरिक्षक सहित २० जनामा संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक सिद्धि विक्रम शाहले बताए । ठूलो संख्यामा प्रहरी कार्यालयका कर्मचारीमा संक्रमण देखिए पछि सो स्थानलाई सेनेटाइज गरेर र भौतिक दूरी सहित केही कामकाजलाई मात्रै निरन्तरता दिएको उपरिक्षक शाहले बताए ।

गत शुक्रवार प्रहरी र स्थानिय सहित ४१ जनाको स्वाब संकलन गरेर परिक्षण गर्दा २० प्रहरी र ८ जना स्थानियमा संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी भएका प्रहरीलाई चन्द्रपुर २ मा रहेको आइसोलेसनमा पठाइएको र इलाका प्रहरी कार्यालय चन्द्रपुरमा कामकाजलाई जिल्ला बाट थप टोली पठाएको उपरिक्षक शाहले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *