रौतहटमा गोली हानी पुजारीको हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रौतहटमा बुधबार बेलुकी एक जनाको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका–२ खेसरैया बजारस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या भएको हो ।

उनलाई अज्ञात समूहले बेलुकी साढे ९ बजे गोली हानेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मन्दिरअगाडि खाना खाने क्रममा साहलाई अज्ञात समूहले कन्चटमा गोली हानी फरार भएको जिल्ला प्रहरीप्रमुख एसपी रविराज खड्काले बताए । ‘हत्या गर्ने समूहको खोजी भइरहेको छ,’ उनले भने, ‘पुजारीको हत्या गर्नुपर्ने कारण खुलेको छैन ।’

साहको घटनास्थलमै ज्यान गएको थियो । घटनापछि प्रहरीले रातिदेखि नै नाकामा कडाइ गरी उक्त समूहको खोजी गरेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *