रौतहटमा गोलि हानी युवको हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहटको इशनाथ नगरपालिकामा एक युवकको गोलि हानी हत्या भएको छ । भारतिय नम्बरको मोटरसाइकलमा बिचमा राखेर ल्याएको एक युवकलाई गोलि प्रहार गरी सो मोटरसाइकल पुन भारत तर्फ फर्किएको स्थानियले बताएका छन ।
इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगर तर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कूल नजिकै एक युवक माथि गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।
अज्ञात समूहले प्रहार गरेको गोली लागी मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । मृतक युवक अन्दाजी २६ बर्ष को रहेका छन । मृतकको साथ बाट उनको पहिचान हुने कुनै बस्तु फेला नपरेको र हत्यामा प्रयोग भएको गोलीको खोखा अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *