रौतहटको गरुडामा फेरी झडप,प्रहरीद्वारा अश्रुग्यास प्रहार,६ जना घाइते

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका विजय रामको मृत्यु भए पछि रौतहटको गरुडामा शुरु भएको विरोध प्रर्दशनको क्रममा विहिबार पनी झडप भएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडा अगाडी भएको भडपमा ६ जना भन्दा बढी घाइते भएका छन । प्रदर्शनकारी र प्रहरी बिच भएको झडपमा दुवै तर्फका व्यक्तीहरु घाइते भएका हुन । प्रदर्शन उग्र भएर ढुङ्गामुढा भए पछि प्रहरीले लाठी चार्ज गर्नुको साथै ६ राउण्ड भन्दा बढी अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए ।
झडपमा परी चार प्रहरी र दुई स्थानिय महिला घाइते भएका छन । उनीहरुको गरुडामा रहेको स्थानीय क्लीनिकमा उपचार भइरहेको र अहिले अवश्था सामान्य भएको डिएसपी श्रेष्ठले बताए । गरुडा हत्याकाण्ड प्रकरणमा विहिबारै प्रहरी उपरिक्षक रविराज खडका हेडक्वार्टर तानिएका छन । उनको ठाँउमा प्रहरी प्रधान कार्यालयले उपरिक्षक सिद्धि विक्रम साहलार्य रौतहटमा काज सरुवा गरेको छ ।