रोल्पामा वृद्धको हत्या गरी गहना र पैसा लुटपाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रोल्पा – रोल्पाको परिवर्तन गाउँपालिका–६, भनभनेका ७२ वर्षका बलिराम बुढाको हत्या गरी लुटपाट भएको छ ।

लुटेरा समूहले बुढाको हातखुट्टा बाँधेर हत्या गरी लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटपाटका क्रममा बलिरामको ज्यान गएको र उहाँकी ७० वर्षकी श्रीमती काउली बुढाको स्थानीय बासिन्दाले उद्धार गरेको प्रहरीले बताएको छ ।

बलिरामको घरबाट झण्डै १ लाख रुपैयाँ र २ तोला सुन लुटिएको प्रहरीले अनुमान गरेको छ । राति १० बजेतिर ६ जना केटा र १ जना केटी उनको घरमा लुटपाट गर्न गएको पीडित वृद्धाको भनाइ रहेको छ ।

घरमा कति रकम थियो भन्ने काउलीलाई यकिन जानकारी नभए पनि झण्डै १ लाख रुपैयाँजति नगद र २ तोला सुन लुटिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको रोल्पा प्रहरी प्रमुख डीएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *