रोल्पाको होलेरीमा राष्ट्रिय मिडिया सम्मेलन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल सरकारका उर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रोल्पालाई विकास र समृद्धिको बिम्बका रुपमा विकास गर्नुपर्ने बताएकाछन् । बिहीबारदेखि रोल्पाको होलेरीमा सुरु भएको होलेरी राष्ट्रिय मिडिया सम्मेलनको उद्घाटन गर्दै मन्त्री पुनले भने ‘रोल्पा युद्ध र शान्तिको बिम्बका रुपमा परिचित छ । अब यसलाई विकास र समृद्धिको बिम्बका रुपमा विकास गर्नुपर्दछ ।’

मुलुकको परिवर्तनका लागि रोल्पाले खेलेको भूमिकाको चर्चा जति गरे पनि कम नै हुने भन्दै मन्त्री पुनले रोल्पाले महसुस गर्ने खालको विकास र समृद्धि ल्याउने तयारीमा सरकार रहेको बताए ।

‘मुलुकको परिवर्तनका लागि रोल्पाले खेलेको भूमिकाको चर्चा धेरै हुने गर्दछ । यो चर्चा जति गरे पनि कम नै हुने गर्दछ’, मन्त्री पुनले भने । ‘रोल्पाले महसुस गर्ने खालको विकास र समृद्धि ल्याउने सरकारको तयारी रहेको छ ।’

सिंगो विश्वलाई अचम्मित पार्ने गरी नेपाली क्रान्तिलाई शान्तिमा परिणत गरेको स्मरण गर्दै मन्त्री पुनले र परिवर्तनलाई पनि मौलिक ढंगले संस्थागत गरेको बताए। ‘वि।सं। २०५२ फागुन १ गते रोल्पाको होलेरीबाट हामीले जनयुद्ध सुरु गरेक थियौं ।

२५ औं जनयुद्ध दिवसको अवसरमा उही होलेरीमा उभिएर बोल्दा विश्वलाई अचम्मित पार्ने गरी हामीले जनयुद्धलाई शान्तिमा बदलेका थियौं’, मन्त्री पुनले भने , ‘युद्धको उद्गम स्थल रोल्पाले अब मुलुकको समृद्धिको यात्राको पैरवी गर्नुपर्दछ । यसका लागि तयारीमा लाग्न यहाँको राजनीतिक नेतृत्वलाई आग्रह गर्दछु ।’

फरक प्रसंगमा बोल्दै मन्त्री पुनले १० वर्षमा मुलुक सिमेन्टमा आत्मनिर्भर भएको बताए। ‘युद्धबाट शान्ति हुँदै विकास र समृद्धिको यात्रामा अगाडि बढेको मुलुकलाई आवश्यक पर्ने सिमेन्ट उत्पादन गरेर हामी मुलुकलाई सिमेन्टमा आत्मनिर्भर बनाउन सफल भएका छौं’, मन्त्री पुनले भने, ‘मुलुकको विकास र समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउन मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । आफ्नो भूमिकालाई बलियो बनाउन म मिडियाकर्मीहरुलाई आग्रह गर्दछु ।’

मुलुकको परिवर्तनमा सञ्चारले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको भन्दै मन्त्री पुनले परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको यात्रामा पनि सञ्चारकर्मीहरुले विगतकै भूमिकालाई निरन्तरता दिन आग्रह गरे । ‘मुलुकको परिवर्तनमा नेपाली सञ्चारले खेलेको भूमिकाको चर्चा जति गरे पनि कम नै हुन्छ । विकास र समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउन पनि सञ्चारकर्मीहरुले विगतको भूमिकालाई जारी राख्नुपर्दछ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *