रोमान्चक खेलको सुपर ओभरमा कोलकातासँग हैदरावाद पराजित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आइतबार साँझ भएको पहिलो खेलको निर्णय सुपर ओभरबाट भएको छ। कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ । कोलकाताले पाँच विकेटको क्षतिमा १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले अन्तिम ओभरमा १७ रन जोड्दै खेल सुपर ओभरमा धकेलेको थियो।

सुपर ओभरमा हैदराबादले डेभिड वार्नर र अब्दुल समादलाई मैदान उतारेको थियो। तर, कोलकत्ताका लक्की फर्गुसनले पहिलो बलमा वार्नर र दोस्रो बलमा समादलाई आउट गरे। फर्गुसनले २ विकेट लिएपछि हैदराबादले मात्र २ रन जोड्यो। सुपर ओभरमा पाएको ३ रनको चुनौती कोलकत्ताले विकेट नगुमाई चौंथो बलमा भेट्दै विजयी भएको हो।

सुपर ओभरअघि हैदराबादका कप्तान वार्नरले अविजित ४८ रन बनाए। अन्तिम ओभरमा लगातार ३ चौका प्रहार गर्दै वार्नरले हैदराबादलाई सुपर ओभरसम्म पुर्राएका थिए।

वार्नरपछि जोनी बेयरस्टो ३६, केन विलियम्सनले २९ रन बनाए भने अब्दुल समादले २३ रन जोडे। कोलकत्ताका लक्की फर्गुसन ३, पाट कुमिन्स, शिवम माभी र भरुण चक्रवर्तीले एकएक विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताका लागि शुबमन गिलले सर्वाधिक ३६ रन, कप्तान इयान मोर्गन ३४, नितिश राना २९, राहुल त्रिपाठीले २३ रन जोडे भने दिनेश कार्तिक २९ रनमा अविजित रहे।

हैदराबादका टी नटराजनले दुई, विजय शंकर, बसिल थाम्पी र राशिद खानले एकएक विकेट लिए। सुपर ओभरको यो जितसँगै कोलकत्ताले ९ खेलमा ५ जितसहित १० अंक जोडेको छ। कोलकत्ता लिगको चौंथो स्थानमा रहेको छ।

हैदराबाद ९ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। उसको यो छैटौं हार हो। दिल्ली क्यापिटल लिगको शीर्ष स्थानमा रहेको छ। आइतबारको दोस्रो खेलमा मुम्बई इन्डियनले किङ्स इलाभेन पञ्जाबलाई ६ विकेटको क्षतिमा १७७ रनको चुनौती दिएको छ। अबको केही बेरमा पञ्जाबले जवाफी ब्याटिङ गर्नेछ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *