रोकिएनन प्याज तस्करी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

महोतरीको मटिहानी र सम्सी छोटी भंसारनाकाबाट सशस्त्र प्रहरी नेपाल प्रहरी र भंसारकर्मचारीकै सहयोगमा खुलेयाम भारतीय प्याज तस्करी हुने गरेको तथ्य खुलेको छ। नेपाल र भारतबीचको सिमानाका औपचारिक रुपमा बन्द रहेपनि तस्करहरुले सशस्त्र प्रहरी नेपाल प्रहरी र भंसारकर्मचारीकै मिलोमतोमा भन्सार छली मटिहानी र सम्सीनाकाबाट प्याज नेपालतर्फ तस्करी हुने क्रम बढेको हो ।

नेपाल–भारत सिमा मटिहानीदेखी खैरबन्नीसम्म सशस्त्र प्रहरीको आधा दर्जन बोर्डर आउट पोष्ट छ। सँगै नेपाल प्रहरी पनि तैनाथ छ। तर ती सबै चेकपोष्ट पार गरेर तीनटै निकायको मिलोमतोमा एउटै प्रज्ञापन पत्रबाट न्यु हिना जेनेरल स्टोर्स, अंशु खाद्यान्न भन्डार, सृष्टि आलु प्याज स्टोर, लक्ष्मी सब्जी भण्डार, जयराज आलु प्याज स्टोर्स, सोनी खाद्यान्न भण्डार जनकपुर लगायत एक दर्जन फर्मले एउटै प्रज्ञापनपत्रमा दैनिक ५ देखि सात ट्रक, १० ट्रयाक्टर तथा १५ पिकअप प्याज पास गराउने गरेका छन । उनीहरुले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला नवलपुरबाट विषादी अवशेष विश्लेषण एक पटक मात्र गराई प्याज तस्करी गर्ने गरेका छन ।

यहाँका व्यापारीले भारतको मधवापुर भिठामोर सुरसण्ड र कन्माबाट साइकलमा दैनिक प्याज ल्याउने गरेका छन ।यहाँबाट प्याज जनकपुर पोखरा, काठमाडौं, नारायणघाटलगायत क्षेत्रमा बिक्री गरिन्छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *