रेसुङ्गा खानेपानी आयोजनाको सम्झौता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, अर्घाखाँचीले गुल्मी जिल्लाको सबै भन्दा ठूलो लिफ्टिङ्ग खानेपानी रेसुङ्गा खानेपानी आयोजनाको सम्झौता भएको छ ।

मझेङ्ग खोला देखि रेसुङ्गाको शिर शिद्धबाबासम्म पानी लिफ्टिङ्ग गरी नगरपालिका भित्रका अन्य स्थानमा प्रयाप्त पानी पुर्याउने यस आयोजनाको लक्ष्य रहेको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका क्षेत्र भरिको वर्षौदेखिको खानेपानी समस्याको समधान गर्न यो कोशे ढुङ्गा साबित हुने रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले बताए ।

१३ सय ९६ मिटर हेडमा ५ स्टेज पम्पिङ्गमा पानी लिफ्टिङ्ग गर्ने यस योजना २५ करोड १२ लाख ७१ हजार ५ सय सात रुपैया ६ पैसामा २ वर्ष भित्र सम्पन्न गर्न श्री कन्काई जयमाता जे.भि. कोटेश्वरसँग सम्झौता भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सि.डि.ई. रामप्रसाद घिमिरेले बताए ।

उक्त योजनाको कुल रकमको ९० प्रतिशत रकम नेपाल सरकारले र बाँकी १० प्रतिशत रेसुङ्गा मझेङ्ग खोला भाडगाँउ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले व्यहोर्ने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, अर्घाखाँचीका प्रशासन प्रमुख कृष्ण वर्माले जानकारी दिए ।

यस नगरक्षेत्रमा कूल ३१ लाख ६३ हजार लिटर प्रतिदिन पानीको माग हुने र यस मध्ये प्रतिदिन १९ लाख ५६ हजार लिटर पानी मझेङ्ग खोलाबाट लिफ्ट गरी ३०.२ लिटर प्रति सेकेण्डका दरले दैनिक १८ घण्टामात्र पम्प संचालन गरी पानी पूर्ती गरिने र बाँकी १२ लाख ७ हजार लिटर विद्यमान आयोजनाहरुको श्रोतबाट पूर्ती गरिने जानकारी आयोजना कार्यालयका ईन्जिनियर बिजय खरेलले बताए ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *