रेल परियोजनाबाट इरानले भारतलाई हटायो, अबचीनले बनाइदिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतले पूर्व प्रतिबद्धताबमोजिम रकम नदिएपछि इरानले चाबहार रेल परियोजनाबाट भारतलाई निकाली दिएको छ। ६२८ किलोमिटर लामो यो परियोजनाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि इरानसँग सहायता सम्झौता गरेका थिए।

सम्झौताबमोजिम रकम भुक्तानीका लागी भारतलाई बारम्बार आग्रह गरेपनि भारतले अटेरी गरेको थियो। प्रधानमन्त्री मोदी स्वयम् इरानमै पुगेर सम्झौतामा हस्ताक्षर गरेका थिए। सो सम्झौताअनुसार चाबहार रेल परियोजनाको लाइन बिछ्याउने काममा इन्डियन रेल्वेज कन्स्ट्रक्सन लिमिटेड संलग्न हुने निश्चित गरिएको थियो। भारतसँगको सम्झौता उधारो र कहिल्यै कार्यान्वयन हुने नदेखिएपछि इरानले चीनलाई सहयोगका लागि आग्रह गरेको थियो। हालै दुई देशबीच यो परियोजना बनाउन चार खर्ब अमेरिकी डलर बराबरको सहायता सम्झौता भएको बीबीसी हिन्दीले लेखेको छ।

चीनको सहयोगमा इरानले गत सातादेखि काम अघि बढाइसकेको छ। भारत र चीनबीच तनाव बढिरहेका बेला इरानले चालेको यो कदमलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ।

चीनले सहायता दिएपछि इरानले अब यो रेलमार्ग अफगानिस्तानको जारान्जसम्म विस्तार गरिने जनाएको छ। समयमै काम भए सन् २०२२ को मार्चसम्ममा यो परियोजना सम्पन्न हुनेछ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *