रेलवे स्टेसनमा भेटिएको साढे ८३ केजी सुनको सम्बन्ध नेपालसँग जोडियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतको नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए)ले गत अगस्टमा नयाँदिल्लीको रेलवे स्टेसनमा भेटिएको ८३६।२१ केजी सुनको लिंक नेपाल, भुटान र म्यानमारसँग जोडिएको जनाएको छ।

६८ करोड ६२ लाख नेपाली रूपैयाँ मूल्य बराबरको उक्त सुन तस्करीमा नेपाल, भुटान र म्यानमार तीनवटै देशका नागरिकको सम्भावित सहभागिताको ‘क्लू’ भेटिएको निष्कर्ष एनआईएले आज निकालेको हो।

एनआईएले चार ठाउँको खोजतलासपछि सुन तस्करीमा भारतीयबाहेक नेपाल, भुटान र म्यानमारका नागरिकको पनि संलग्नता रहेको निष्कर्ष निकालेको भारतीय मिडिया डेक्कन हेराल्डले आफ्नो समाचारमा उल्लेख गरेको छ।

“खोजतलास गरिएका चार स्थानहरू आरोपित र उनीहरूलाई निर्देशन दिनेहरूसँग सम्बन्धित छन्,” एनआईएले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन्दिग्ध लेनदेनको विवरणसहित गोप्य कागजात र उनीहरूले प्रयोग गरेका विद्युतीय उपकरणहरूको अनुसन्धान गर्दा उनीहरूको सम्बन्ध नेपाल र म्यानमारमासमेत देखिएको छ।”

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *