रूपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष साह श्रोत नखुलेको १० लाख ५५ हजारसहित धादिङबाट पक्राउ

नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष साह १० लाख ५५ हजार श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीमा काठमाडौंतर्फ आउदै गर्दा धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियारले जनाएको छ । इन्जिनियर साहले खानेपानी शाखा कार्यालयका विभिन्न व्यक्तिसँग घुस रकम लिएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
(Visited 1 times, 1 visits today)