रुसी भ्याक्सिन स्पुतनिक ५ लाई भारतमा दोस्रो र तेस्रो चरणको परीक्षणका लागि अनुमति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रुसले बनाएको कोभिड १९ विरुद्धको भ्याक्सिन स्पुतनिक ५ लाई भारतमा दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति प्रदान गरिएको छ। ड्रग कन्ट्रोलर जनरल अफ इण्डिया डीसीजीआईले क्लिनिकल परीक्षणका लागि भारतीय औषधि निर्माता कम्पनी डा. रेड्डिजजलाई अनुमति दिएको हो।

हैदराबादस्थित् फर्मास्युटिकल फर्मले १३ अक्टोबरमा भ्याक्सिनको क्लिनिकल परीक्षणको अनुमतिका लागि दोस्रोपटक आवेदन दिएको थियो। पहिलोपटक उसले दिएको आवेदन अस्वीकृत भएको थियो। दोस्रोपटकको आवेदनपछि डीसीजीआईले दोस्रो र तेस्रो चरणको परीक्षण गर्न अनुमति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। परीक्षणमा ४० हजार जना सहभागी हुनेछन्।

विषय विशेषज्ञ सम्मिलित एक समितिले शुक्रबार डा रेड्डिज कम्पनीलाई क्लिनिकल परीक्षणको अनुमति दिन सिफारिस गरेको थियो। त्यसपछि डीसीजीआईले अनुमति दिएको हो।

डा. रेड्डिज ल्याबोटरीजका सहअध्यक्ष तथा प्रबन्ध निर्देशक जीवी प्रसादले कोरोना महामारीविरुद्ध लड्न सुरक्षित र प्रभावकारी खोप ल्याउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। “हामी डीसीजीआईको सम्पूर्ण निर्देशनलाई पनि स्वीकार गर्दछौं। महामारीविरुद्ध लड्नका लागि यो निकै महत्वपूर्ण कदम हुनेछ”, उनले भनेका छन्।

उनले क्लिनिकल परीक्षणका क्रममा नागरिकको सुरक्षा र रोगप्रतिरोधात्मक पक्षलाई ध्यान दिइने बताएका छन्। रुसले निर्माण गरेर अनुमति दिएको यो भ्याक्सिन कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सिन हो। यसपछि रुसले नै दोस्रो भ्याक्सिन इपीभ्याककोरोनालाई अनुमति दिएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *