रुसले तयार गरेको कोरोनाविरुद्धको खोप प्रयोगका लागि योग्य :रुसी राष्ट्रपति

बीबीसी रुसी राष्ट्रपति भलादिमिर पुटिनले कोभिड १९ विरुद्धको खोप प्रयोगका लागि योग्य भएको दावी गरेकाछन् । उनले करिब दुई महिनासम्म मानिसमा गरिएको परीक्षणका क्रममा खोप सुरक्षित भएको पाइएको बताएका छन् ।
राष्ट्रपति पुटिनले भने, खोपले आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरेको छ । उनले आफ्नो छोरीलाई खोप लगाइसकेको समेत बताएका छन् । रुसी अधिकारीहरुले अक्टोबरदेखि बृहत खोप कार्यक्रम सुरु गर्ने बताएका छन् ।
विज्ञहरुले भने रुसले कोरोनाविरुद्धको खोप विकासको तीव्रताप्रति चासो व्यक्त गरेका छन् । उनीहरुले रुसले केही प्रक्रियाहरु छोडेको हुनसक्ने बताएका छन् । सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गरिएकोमा आशंका व्यक्त गरेका छन् ।
गत साता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोना भाइरसविरुद्धको खोप विकासका लागि जारी गरिएको सम्पूर्ण निर्देशिकाहरु पालना गर्न आग्रह गरेको थियो । मंगलबार डब्लूएचओले रुसी अधिकारीहरुसँग खोपको समीक्षा गर्ने विषयमा कुराकानी भइरहेको जनाएको छ ।
हाल एक सयभन्दा बढी खोपहरु विकासको विभिन्न चरणमा छन् । विज्ञहरुले कुनै पनि सन् २०२१ को सुरुआत अघि प्रयोगमा आउनसक्ने गरी विकास भइ नसकेको बताएका छन् ।