रुसद्वारा कोरोना भाइरस विरुद्धको नया खोपको उत्पादन सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रुसले कोरोना भाइरस बिरुद्धको नयाँ खोपको उत्पादन सुरु गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ती प्रकाशित गर्दै यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरु गर्ने गरी उत्पादन सुरु गरिएको जानकारी दिएको हो ।

गत मङ्गलवार रुसी नियामकले देशमै विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपलाई स्वीकृति दिएको थियो । ठूलो स्तरमा मानिसहरूमा परीक्षण गर्न बाँकी भए पनि रुसले उक्त खोपको प्रयोगलाई स्वीकृति दिएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ खोपले परीक्षण सम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको र आफ्नी छोरीले नै खोप लगाइसकेको बताएका छन ।

रुसले खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा व्यक्त भइरहेका चिन्तालाई आधारहीन भनेको छ । रुसले बनाएको खोपप्रति अमेरिकी र युरोपेली मुलुकले आंशका ब्यक्त गरेका छन । द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षा सम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै विज्ञहरूले चिन्ता ब्यक्त गरेका छन । रुसमै भएको सर्बेक्षणमा पनि विश्वास नभएको भन्दै करिब आधा जति चिकित्सकहरू खोप लगाउन तयार नरहेको देखिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *